काठमाडौँ, ८ मंसिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभएको छ ।
शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्ता विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सुमधुर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । विद्युतीय सवारी साधन हस्तान्तरणले नै मित्र राष्ट्रहरुसँग सम्बन्ध समधुर हुन्छ । हामी यसरी नै मित्र राष्ट्रहरुसँग सम्बन्ध सधैँ अगाडि बढाउन चाहन्छौँ । ’
साथै उहाँले क्षेत्रपाटी अस्पतालले १३ वर्षसम्म यो क्षेत्रका टोलबासीहरुलाई गौरवको महसुस गराएको समेत बताउनुभयो ।