काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागु भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको बताउनुभएको छ ।
बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको नयाँ संविधान लागु भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकसित राष्ट्रबाट विकशील राष्ट्रको श्रेणीमा स्तरउन्नति हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ ।’
साथै उहाँले विकास निर्माणको प्रयासमा खासगरी स्वदेशी विदेशी ठुलो लगानी प्रबिधि र विज्ञताको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुले विकासका प्रयासहरुलाई ओझेलमा पारेकाले सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्ने गरी समाधानका उपायहरु खोजी गर्न आजको चुनौतीहरु रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हालको वर्षहरुमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरुमा बढोत्तरी भइ विकासका प्रयासहरुलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरु परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरुलाई दिगो भविष्य सुनिश्चत गर्नेगरी समाधानका उपायहरु खोजी गर्न आजको चुनौतीहरु रहेको छ ।’