काठमाडौँ, ७ पुस । एसिसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।
शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौँ आइपुगेको हो । काठमाडौँ आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यू–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गनर््ुभयो ।
उहाँले भन्नुभयो, ‘जति राम्रो गर्नुपर्थ्यो त्यो गर्न सकिएन । तर, पाकिस्तान जस्तो बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो । अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ । तर, आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ ।’
एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो । नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो ।
सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।