काठमाडौँ, ९ पुस । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को लोगो सार्वजनिक गरिएको छ ।
मंगलबार केडिया ग्रुपले काठमाडौँमा आयाजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानुन नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो,‘खेलकुदको माहोल हुँदा हुँदै पनि सरकार, मन्त्रालय, परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर, कानुन नमान्ने धेरै सिर्जना भएको छ । म आग्रह गर्छु संघका साथीहरु निर्णयविरुद्ध काम गर्नुभयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’
‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुने छ ।