संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना दिनुभएको छ ।

सोमबार सामाजिक सञ्जालमार्फत् शुभकामना दिँनुहुँदै उहाँले तमु ल्होसार सम्झदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउने बताउनुभयो ।

उहाँले लेख्नुभएको छ ,‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुख पर्व । तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ ।संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ ।सबैलाई तमु ल्होसारको शुभकामना !!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *