नेपाललाई विश्वसामु चिनाउने सपना पूरा भएको छ : कीर्तिमानी आरोरोही शेर्पा

काठमाडौँ, १९ पुस । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किनुभएको छ । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै ८ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किनुभएको हो ।

स्वदेश फर्किनुभएका उहाँलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । शेर्पाले अक्सिजनको सहायताबिना विश्वका ८ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाउनुभएको छ । शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गर्नुभएको छ ।

स्वदेश फर्किनुभएका जी शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सानैदेखिको नेपाललाई विश्वसामु चिनाउने आफ्नो सपना पूरा भएको बताउनुभयो । उहाँले सातवटै महादेशको हिमालहरु सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामु चिनाउने आज यो लगभग पूरा भएको छ । हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ । विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ ।’

यसैगरी उहाँले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *