हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौँ, २४ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार विद्युत् नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो के उपाय छ र ? गरिब देश हामीसँग भएको अधिकतम स्रोतलाई प्रयोग र परिचालन नगर्ने हो भने हामी कसरी सम्पन्न हुन सक्छौँ ? जे नकारात्मक टिकाटिप्पणी आउँछन् त्यसलाई चिरेर स्रोतलाई अधिकतम प्रयोग गरेर अगाडि बढ्नुपर्छ । ’

यसैगरी, उहाँले विद्युत क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभयाखे । उहाँले अलमलिएका कुराहरुलाई निराकरण गरेर प्रविधिमैत्री वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले काम गर्ने शिलशिलामा सञ्चार माध्यमहरुमा गलत समाचार सम्प्रेषण भएकोमा आफ्नो ध्यानाकर्षण समेत भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *