राष्ट्रिय खेलकुद परिषद्‌मा पर्याप्त मात्रामा इन्जिनियर छैनन् : मन्त्री चौधरी

काठमाडौँ, २४ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालय अन्तर्गतत प्राविधिक इन्जिनियरहरु नरहेको बताउनुभएको छ ।

बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद्‌मा पनि पर्याप्त मात्रामा धेरै इन्जिनियरहरु नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्राविधिक इन्जिनियरहरु पर्याप्त मात्रामा छैनन् । हाम्रो राष्ट्रिय खेलकुद परिषद्‌मा समेत इन्जिनियरहरु छैनन् । करारमा लिएर काम सञ्चालन गरिरहेका छौँ । करारमा ल्याए पनि इन्जिनियरहरुको ठुलो कमी महशुस भएको छ ।’

यसैगरी उहाँले नेपाली खेलकुद क्षेत्र अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपाल किक्रेटले आफ्नो लयलाई अगाडि लाँदै गर्दा आर्थिक आर्जन राम्रोसँग गर्न सकिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद अहिले निकै नै अगाडि बढिरहेको छ । जुन किसिमको नेपालमा किक्रेटले आफ्नो राम्रो लयलाई अगाडि बढाएर आर्थिक आर्जन गरिरहेको छ । यसरी नै खेल क्षेत्रले आर्थिक क्षेत्रमा विकास गर्न सक्छ । पर्यटनका क्षेत्रमा विकास गर्न सक्छ । खेलकुद खेलेर पनि बाँच्न सकिन्छ यस्ता कुराहरु अगाडि बढिरहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *