नेपाल एकीकरणको अपूर्णतालाई पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको छ : शक्ति बस्नेत

काठमाडौँ, २५ पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताउनुभएको छ ।

बिहीबार पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘नेपालको एकीकरण तत्कालको समयका लागि वस्तुगत आवश्यक्ता थियो । त्यसका केही सीमाहरु थिए । तर, ती सीमालाई पूर्ति गर्ने काम पछिल्लो समय नेपालमा भएको ‘जनक्रान्ति’ले गरेको छ । त्यसबेला अलिकति केन्द्रिकृत र एकात्मक चरित्र बन्न पुग्यो राज्यको । नेपाली समाजको वस्तुगत अवस्था र सामाजिक परिवेश, त्यसको ऐतिहासिक पक्ष, त्यसको रिल्फेक्सन हाम्रो राज्यको स्वरुप र चरित्रमा हुनुपर्ने थियो । राज्यको स्वरुप र चरित्रमा इतिहासको रिल्फेक्सन ठिक ढंगले हुन नसकेको अवस्था थियो । जसका कारण केही सीमा र अपूर्णता थिए । त्यसलाई नेपाली जनक्रान्तिले पूर्णता दिने काम गरेको छ ।’

उहाँले इतिहासलाई इतिहासकै चेतनाबाट अध्ययन गरिनुपर्ने र वर्तमानलाई वर्तमान कै आवश्यकताबाट अध्ययन गरिनुपर्ने बताउनुभयो ।

देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछः केसी
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहाली लाग्दो अवस्थामा डुब्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले वास्तवमा हाम्रो देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै छ । सुशासन भनेको भ्रष्टाचारको महासागर जस्तो भएको छ । सुशासन भनेको कहीँ कतै झल्याकझुलुक देखिने मात्र भएको छ । धेरै चाहिँ दुशासन राज प्रवृति विकास भएको छ । यसलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै होइन सम्पूर्ण राज्य शक्ति एक हुनुपर्छ । अहिलेको राष्ट्रिय परिस्थिति एकदमै जटिल छ । चुनौतीपूर्ण छ र हामी अप्ठ्यारो यात्रामा छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *