रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुँदै

काठमाडौँ, २६ पुस । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहीबार राति हिरासतमुक्त भएका लामिछाने आज आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् ।

बिहीबार राति हिरासतमुक्त भएपछि उनी जिल्ला प्रहरी कार्यालय कास्कीनजिकै रहेको फिस्टेल अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरु बसेको होटलमा बस बस्न पुगेका थिए भने राति नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्तहरुलाई भेटेका थिए ।

यता आफ्नो पार्टी सभापति हिरासतमुक्त भएको थाहा पाउनेबित्तिकै पार्टी उपसभापति स्वर्णिम वाग्ले तनहुँमा निर्धारित आफ्नो सबै कार्यक्रमहरु छाडेर राति नै पोखरा आएका छन् ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार अदालतको आदेशले अन्य छ जना धरौटी राखेर छुटे पनि लिला पछाई भने धरौटी राख्न नसक्दा जेल चलान भएका छन् ।

अदालतले तोकेको धरौटी रकममध्ये पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ, आरती गुरुङ र मीना गुरुङ ५–५ लाख रुपैयाँ तथा कृष्णबहादुर गुरुङ एक लाख रुपैयाँ धरौटी राखेर बिहीबार राति नै हिरासतमुक्त भएका छन् भने लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *