पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्ने छौँ : मन्त्री पौडेल

काठमाडौँ, २६ पुस । अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यो क्षेत्रका लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, ‘जतिबेला हामी सरकारमा छौँ, हुन्छौँ त्यतिबेला पर्यटन क्षेत्रका समस्याहरुलाई बुझ्ने र समाधान गर्ने सन्दर्भमा केही निर्णयहरु भएका छन् । पर्यटन व्यवसाका सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रयोग भइरहेको छ । यस क्षेत्रलाई राम्रोसँग हुर्किने, फूल्ने मौका दिनुपर्छ भन्ने सरकारको बुझाइ हो । त्यसैले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्नका लागि केही राम्रा कदमहरु चाल्ने छौँ । नीति, बजेटको बारेमा कदम चाल्ने छौँ र तुरुन्तै गर्न सकिने काम गर्ने छौँ ।’

उहाँले पर्यटन क्षेत्रको सम्भावनालाई यथार्थमा बदल्नका लागि अब सरकारले पर्यटन व्यवसायीहरुको समग्र समस्याको समाधान गर्ने भन्दै उच्च मनोबलका साथ राष्ट्र निर्माणमा योगदान दिनसक्ने क्षेत्रको रुपमा विकासका पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *