काठमाडौँ, १३ माघ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टी२० आई सिरिजको लागि टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टियु क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहने छ ।
नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुने छ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग ३ पटक खेल्ने छन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ ।
नेपाली महिला टोली
इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, ईश्वरी विष्ट र सीता राना मगर ।