राष्ट्रव्यापीरुपमा सहिद दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ, १५ माघ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कुलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ ।

सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

उहाँले न्नुभयोने, ‘भोलि चाहिँ सहिद सप्ताहको अन्तिम दिन हो । त्यसकारणले सहिद दिवस चाहिँ भोलि सरकारको तर्फबाट मनाउने काम हुन्छ । पहिला सहिद गेट जान्छौँ, प्रधानमन्त्रीज्यूसँगै मन्त्रीज्यूहरु पनि सहभागी हुनेछन् । त्यहाँ माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुनेछ । त्यसपछि लैनचौर गएर श्रद्धाञ्जली अर्पण हुन्छ, र भोलि नै हाम्रो भृकुटीमण्डपमा कार्यक्रम हुने छ ।’

साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट जारी भएको अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने निर्णय समेत गरेको छ ।

‘अब १८ गते हिउँदे अधिवेशन प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश संसदमा दर्ता गरिसकेका छौं,’ प्रवक्ता गुरुङले भन्नुभयो, त्यो अध्यादेश फास्ट ट्रयाकबाट हिउँदे अधिवेशनमा पारित गर्ने काम हुन्छ । त्यो अध्यादेश कार्यान्वयनका लागि नियमावली चाहिँ बनाउने निर्णयहरु गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *