गन्ध सुँघेर नै गर्भमा छोरा कि छोरी सजिलै पत्ता लगाउने प्रविधि

    प्रविधिको विकास सँगै अब गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने सजिलै पत्ता लगाउने प्रविधि आएको छ । सजिलो उपाय छ ,जो चाहि सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेका हो ।

    नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा पाउँन सकिन्छ ।

    ब्लड हर्मोनमा हुँदैछ परिवर्तन :
    गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ ।

    लीमर प्रजातिको बाँदरमा गरिएको थियो यो परिक्षण :

    युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् । यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ ।

    छोरा छ भने तेज गन्ध :

    गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

    मानिसहरुमा पनि यस्तै सम्भव :

    लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा र छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन ।

    यो पनि, मस्तिष्क धेरै संवेदनशिल अंग हो । जुन अन्य धेरै अंगहरुको कार्यको लागि जिम्मेवार हुन्छ । त्यसैले मस्तिष्कलाई सधैं स्वस्थ राख्न जरुरी हुन्छ । मानव मस्तिष्कमा ६० प्रतिशतभन्दा बढी बोसो हुन्छ ।

    त्यसमा बोसोको आधा भाग ओमेगा–३ फ्याटी एसिडले बनेको हुन्छ । यो बोसोले तंत्रिका कोशिकाहरुलाई सुरक्षित राख्छ र तिनीहरुलाई ठिक सँग काम अनुमति दिन्छ । हामीले हाम्रो खानामा उपभोग गर्ने बोसोको प्रकारले मुटु, रक्तनली र मस्तिष्कको स्वास्थ्यमा असर पार्न सक्छ ।

    नियमित शारीरिक व्यायामले मांसपेशी, हृदय र मस्तिष्कको रक्त प्रवाह सुधार गर्दछ । जसले तंत्रिका बृद्धि कारकहरुको उत्पदान र नयाँ मस्तिष्क कोषिकाहरुको निर्माणमा बृद्धि गर्न सक्छ । जुन सिक्ने र स्मरण शक्तिकालागि महत्वपुर्ण हुन्छ ।

    सामाजिक अन्तरक्रियाले मस्तिष्कको स्वास्थ्य सुधार गर्न र स्वास्थ बनाउन मद्धत गर्छ ।धुम्रपान र मदिराको सेवनले मस्तिष्कको क्षतिको गम्भिरता बढाउँछ जसले मस्तिष्कको कार्यमा विभिन्न समस्याहरु निम्त्याउन सक्छ । त्यसैले आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न यी चिजबाट टाढा बस्न जरुरी हुन्छ ।

    तनावले विकासशिल मस्तिष्कको निर्माणमा असर गर्छ । जसले मस्तिष्कका गतिविधिहरु जस्तै विचार, स्मरणशक्ति, भावना, स्पर्श, दृष्टि, सास फेर्न, तापक्रम, भाकमा हानि पुर्याउन सक्छ । त्यसैले स्वस्थ मस्तिष्कका लागि तनावबाट बच्न अत्यन्त जरुरी छ ।

    तपाईंको मस्तिष्कलाई सधै सक्रिय राख्नु महत्वपुर्ण छ । वैज्ञानिकहरुका अनुसार कुनैपनि नयाँ वा चुनौतिपुर्ण गतिविधिहरुले नयाँ मस्तिष्कका कोषिकाहरु उत्पन्न गर्न र तिनीहरु बीचको सम्बन्ध बढाउन मद्धत पुग्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *