यसरि हेर्नुहोस सबैभन्दा छिटो नतिजा !
दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन गरेको आईपीओ भोली शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा शुक्रबार दिउँसो ३ बजे शेयर बाँडफाँट हुने भएको हो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ३९ हजार आवेदकबाट १ अर्ब ४७ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख कित्ता शेयरको लागि आवेदन थियो ।
सबैभन्दा छिटो नतिजा हेर्ने यहाँ CLICK गर्नुहोस।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख २७ हजार १८६ आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सबैभन्दा छिटो नतिजा हेर्ने यहाँ CLICK गर्नुहोस।
लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।
यसरि हेर्नुहोस सबैभन्दा छिटो नतिजा !
वेबसाइट : meroshare.cdsc.com.np/#/login
वेबसाइट : iporesult.cdsc.com.np/