नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।

कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २४२ रनमा अलआउट भयो। जितसँगै कुवेत अन्तिम चारमा पुग्दा हङकङ भने बाहिरियो।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे। बिहिबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा युएई भने विजेता बन्यो।

अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ। दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन्।

समूहमा नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो। यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६-६ अंक जोडे। रनरेटमा युएई अघि रह्यो। ५ अंक जोडेको हङकङ भने बाहिरियो।

फाइनल आगामी सोमबार हुनेछ भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा प्रिमियर कप च्याम्पियन टिम भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *