वास्तुशास्त्र अनुसार दौडिरहेको ७ घोडाको चित्र राख्नुको महत्त्व

हाम्रो पूर्वीय दर्शनका महत्वपूर्ण र वैज्ञानिक विषयहरुमध्ये वास्तुशास्त्र पनि एक रहेको छ। वास्तुशास्त्र विज्ञानका साथै कला पनि हो। वास्तुशास्त्रमा घर, मन्दिर, कुवा, इनार आदि निर्माण गर्दा कति गर्ने र त्यसको परिणाम अर्थात् लम्बाई, चौडाई तथा उचाई इत्यादीको बारेमा पनि उल्लेख गरेको पाइन्छ, जुन हाल प्रचलित सिभिल इन्जिनियरिङसँग पनि वास्तुशास्त्रबाट प्रभावित रहेको छ। आज हामी यस लेखमा वास्तु शास्त्र अनुसार समुद्र किनारमा दौडिरहेको 7 वटा घोडाको चित्र लगाउँदा हुने फाइदा र यसलाई घर वा कार्यालयमा कता राख्नुपर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ।

१. समुद्र किनारमा दौडिरहेको 7 वटा घोडा भएको चित्र भएको तस्वीर घरको बैठक कोठामा राख्दा उत्तम हुन्छ।

२. पूर्व दिशालाई घोडाको तस्वीर राख्नको लागि शुभ मानिन्छ, तर यो कार्यालयमा दक्षिण दिशामा राख्नु राम्रो हुन्छ ।

३. यो तस्वीर घरमा लगाउनाले घरमा लक्ष्मीको बास र सुख र समृद्धि हुन्छ।

४. यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा र सोचको सिर्जना गर्दछ।

५. वास्तुशास्त्रका अनुसार चलिरहेको घोडाहरू गति, सफलता र सामर्थ्यको प्रतीक हुन्छन्। यसले जीवनमा उन्नति गराउँछ।

नोट: सातको अंक धेरै शुभ छ। सप्त ऋषि, इन्द्र धनुषको सात रंग सात, सात वचन आदि कुराहरुले सात अंकको महत्वलाई दर्शाउँछ, त्यसैले सात घोडा भएको चित्र लगाउनु शुभ हुन्छ। घोडाको तस्विर प्रायः व्यापारिक संस्था र कार्यालयहरूमा राखिन्छ, त्यसैले जब पनि घरमा घोडाको तस्वीर राख्नुहुन्छ, वास्तु विशेषज्ञसँग परामर्श गरेर चित्र राख्दा शुभ होला। वास्तु विशेषज्ञले तपाईलाई सही तस्वीर र सहि ठाउँको बारेमा सही ज्ञान दिनेछ किनकि यो तपाईको घर हेरेर मात्र गर्न सकिन्छ। यदि तपाईं घोडाहरूको तस्वीर राख्न चाहनुहुन्न भने, तपाईं तैरिरहेको माछाको तस्विर पनि राख्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *