जापानमा भएको बस दुर्घटनामा २ नेपालीको निधन

    जापानमा भएको बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई ट्रकले ठक्कर दिंदा दुई नेपालसहित तीन जनाको निधन भएको हो।

    जापानी सञ्चारमाध्यमका अनुसार रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *