औषधिको प्रयोग बिना कसरी उच्च रक्तचाप नियन्त्रण गर्ने ? जानी राखौ

    नेपालमा करिब ३० प्रतिशत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ। ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ। उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ। यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ। उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ।

    केही घरेलु उपाय अपनाउन सकेमा उच्च रक्तचाप नियन्त्रण हुन सक्छ ।तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन्।विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ। यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन्।

    उच्च रक्तचापका लक्षणहरू

    अधिकांश बिरामीमा उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ। यसै कारण यो रोगलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ।

    रक्तचाप धेरै बढेपछि टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ।

    लामो समयदेखि उच्च रक्तचापको बिरामीलाई विभिन्न जटिलताहरू जस्तैः मुटुरोग वा मिर्गौला सम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ।

    परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने सम्भावना हुन्छ। यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूम्रपान गर्नाले वा मधुमेह रोगले पनि उच्च रक्तचाप हुने जोखिम बढाउँछ।

    उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधीहरू उपलब्ध छन्। त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकता अनुसार कुनै औषधी छनोट गर्न सक्‍नेछन्।

    रक्तचापको दीर्घकालीन नकारात्मक असरबाट बच्न यी औषधी नियमित सेवन गर्न जरुरी छ।

    १. बदाम :

    बदाममा पाइने मोनोस्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ । साथै, धमनीलाई सफा गरी रक्तचाप घटाउ“छ ।

    २. प्याज :

    प्याजमा रहेको एन्टिअक्सिडेन्ट फ्लुबेनल, क्यासिन आदिले रक्तचापलाई सन्तुलित बनाउन मद्दत गर्छ । प्याजको नियममित सेवन गरे उच्च रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

    ३. दालचिनीः

    दालचिनी धेरै औषधीय गुणयुक्त हुन्छ । दालचिनिको सेवनले मधुमेहसंगै उच्च रक्तचापज जस्ता रोग पनि नियन्त्रण हुन्छ ।

    ४. अलैंची :

    एक अनुसन्धानका अनुसार उच्च रक्तचापका बिरामीले करिब तीन महिनासम्म नियमित रूपमा अलैंचीको सेवन गरे, रक्तचापमा नियन्त्रण पाउन सकिन्छ ।

    ५. जैतुन :

    जैतुनको तेल नियमित सेवन गरेमा उच्च रक्तचापमा नियन्त्रण पाउनुका साथै कालान्तरमा उच्च रक्तचापबाट मुक्ति मिल्दछ ।

    ६. तरबुजा तथा लिचि :

    उच्च रक्तचाप भएका ब्यक्तिले तरबुजा तथा लिची खादा“ यसको क्युकरबोसिट्रिन नामक तत्वले रक्तचाप सहज बनाउछ ।

    ७. मेथी :

    मेथीको दानामा अत्यधिक मात्रामा पोटासियम तथा फाइबर पाइन्छ । राति सुत्नुअघि आधा चम्चा मेथीको दानालाई भिजाएर बिहान सेवन गर्नाले रक्तचाप तुरुन्तै नियन्त्रण पाउन सकिन्छ ।

    यसका साथै खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *