मालारानी गाउँपालिकाको चेतावनी – ‘कि राजनिती गर्नुस् कि जागिर गर्नुस्’

    मालारानी गाउँपालिकाको चेतावनी – ‘कि राजनिती गर्नुस् कि जागिर गर्नुस्’

    अर्घाखाँचीको मालारानी गाउँपालिकाले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुलाई राजनिती पदमा नबस्न चेतावनी दिएको छ । कर्मचारीहरु राजनितिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको गम्भिर प्रमाणहरु फेला पारेको भन्दै गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको हो ।

    मालारानी गाउँपालिकाले भन्यो- ‘कि राजनिती गर्नुस् कि जागिर गर्नुस्’

    गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले एक सुचना जारी गर्दै कर्मचारी पद वा राजनितिक पद मध्ये एक पद त्याग गर्न भनेका छन् । सबै कर्मचारीहरुको अभिलेख जम्मा गरिसकिएकाले ‘कि जागिर छोड्न कि राजनितीक पद छोड्न’ उनले निर्देशन गरेका छन् ।

    यही जेठ ७ गते भित्र उनले दुई मध्ये कुनै एक पद त्यागेको निवेदन ल्याउन समय दिएका छन् । अटेरी गरे पदबाट बर्खास्त गर्ने, बर्खास्तको प्रक्रिया अँघी बढाउने वा नियमानुसारको कारवाही गर्ने उनले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *