स्तनको आकार बढाउन के गर्न सकिन्छ ?

स्तनको आकार बढाउन के गर्न सकिन्छ ?

स्तनको बृद्धि धैरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतय दुई तीन वर्ष चाँडो ढिलो हुनसक्छ । महिलामा स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । स्तन महिलाका लागि आकर्षक र सुन्दरता को विसए हो । स्तन सानो भएपछि केटाले मन नै नपराउने कि भने सोचाइ महिलामा हुन्छ।

स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ ।

स्तन यौन आनन्द दिने अङ्ग पनि हो। तर स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने भने चाहि होइन । स्तनको स्पर्शले पुरुष र महिला दुवैलाई यौन उत्तेजना दिन्छ । स्तनको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ। स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन। तर स्तन केही ठूलो भयो या केही सानोे भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन।

संसारमा स्तनलाई बढाउने वा आकर्षक देखाउन विभिन्न विधिको प्रयोग हुने गरेको देखिन्छ। जसमा मालिस, सम्मोहनदेखि शल्यक्रियासम्मका कुरा भेटिन्छ।

स्तनलाई बढाउने विधिहरु

१. मालिस वा कसरत क्रिम प्रयोग
२. मल्हमको प्रयोग स्तनको वृद्धि
३. घ्यू कुमारी र अदुवा
४. पम्प प्रयोग गर्ने विधि
५. स्तन बढाउन खाने चक्कीको प्रयोग
६. शल्य चिकित्सा

स्तन आकर्षक देखाउने अन्य उपाय भनेको ब्रा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साईजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो देखिन्छ र सुन्दरतामा वृद्धि भएको महशुस हुन्छ। ब्राको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साईज बढी बनाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *