ज्योतिष शास्त्रका अनुसार हरेक मानिसको जीवनमा ग्रहहरूको राम्रो र नराम्रो प्रभाव हुन्छ। कुण्डलीमा ग्रह दोष भए मानिसलाई धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ । बृहस्पति ग्रह मीन र धनु राशिको स्वामी हो। कुण्डलीमा बृहस्पति दोष भएमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । ज्योतिष शास्त्रमा बृहस्पति ग्रहको शान्तिका लागि धेरै उपायहरु भनिएको छ । मान्यता अनुसार यी उपाय गर्नाले कुण्डलीमा रहेको अशुभ ग्रहको अन्त्य हुन्छ । वैदिक ज्योतिषमा बृहस्पतिलाई सन्तान, गुरु, धर्म र ज्ञानको कारक मानिन्छ।
कुण्डलीमा बृहस्पति अशुभ भएमा स्वास्थ्य सम्बन्धी रोग पनि लाग्न सक्छ। पेटसम्बन्धी रोग र क्यान्सरजस्ता रोग लाग्ने खतरा पनि हुन्छ। ज्योतिषशास्त्र अनुसार बिहान सबेरै उठेर पानीमा बेसार मिसाएर सूर्यदेवलाई अर्घ दिनुहोस् । विष्णुको पाठ गर्नुहोस् र साइली औँलामा सुनको औँठी रत्न लगाउनुहोस्।
गुरु ग्रहको शान्तिको लागि बुधबारको दिन व्रत बसेर भगवान श्रीकृष्णको पूजा–आराधना गर्नुहोस् । यस दिन बेसार, सुन, नुन आदि दान गर्नुपर्छ। बृहस्पति ग्रहको अशुभ स्थितिलाई शान्तिको लागि पहेँलो नीलमणि धारण गर्नु शुभ मानिन्छ। मीन र धनु राशिका लागि पुखराज लगाउनु निकै फाइदाजनक हुन्छ । बृहस्पतिको अशुभ प्रभावबाट बच्न गुरु यन्त्र पनि लगाउन सकिन्छ। यो बिहीबार लगाउनु पर्छ। यी उपाय गर्नाले बृहस्पतिको अशुभ प्रभावबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । यससँगै यसको राम्रो नतिजा पनि आउन थाल्छ ।