महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ १ खासमा महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ? यो प्रश्नको जवाफ यस्तो छ –कण्डम प्रयोग गरेर यौन सम्पर्क गर्दा कम आनन्द हुन्छ । –प्रायः महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन ।
यसकारण पनि उनी कण्डम लगाएर यौन सम्पर्क राख्न रुचि देखाउँदैनन् ।–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् । –कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।
मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।
असुरक्षित यौन सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै यौन सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?