मानिस गरीब हुने १० कारणहरु, जान्नुहोस्!

हिन्दु धर्मको अनुसार बिभिन्न बिषयहरु लेखिएका छन् जसको कारणले धन लाभ वा धन नासका बिषयहरु उल्लेख गरिएको छ । मानिसको ब्यवहार अनुसार धन लाभ वा नास हुने कुराको निर्धारण हुने बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, यसै बीच यहाँ केहि बुदा दिईएको छ जसको कारण धन नोक्सानी हुने गर्दछ |

१. जो व्यक्तिले स्नान नगरी तुलसीको पात टिप्छ । देवता उसको पूजा स्वीकार गर्दैनन् र धनकी देवी लक्ष्मी पनि त्यस्ता मानिससँग रिसाउँछिन् ।२. गुरुको आदर नगर्ने र गुरुकि पत्नीलाई खराव नजरले हेर्नेलाई धनकि महालक्ष्मीले समाप्त गर्छिन । जसको कारण धन हुनेको पनि नास हुने र धन आर्जनको बाटो नहुने हुन्छ |

३. महालक्ष्मी त्यस्ता मानिसको घर बन्दिनन् जो अस्वच्छ अवस्थामा भगवनको पूजा गर्छ ।४. जो स्त्री ठूला र आफ्नो पतिलाई आदर नगर्ने, सानातिना कुरामा पनि खराव ब्याबहार देखाउने, अधार्मिक काम गर्ने जस्ता काम गर्छन भने त्यस्तासँग पनि लक्ष्मी रिसाउने गर्छिन् ।

५. अल्छी मानिससँग पनि माता लक्ष्मी रिसाउँछिन् । अल्छी मानिसले भगवानलाई पुजा नै गर्छ भने पनि भगवान अल्छी मानिसको घरमा बास गर्दीनन् जसको कारण त्यस्ता मानिस संधै पैसाको अभावमा रहन्छन ।

६. जो व्यक्ति घरको सदस्यलाई बिना कुनै कारण भेद-भाव गर्छ, कुरा काट्छ, उसको घरमा पनि लक्ष्मी कहिलै बास गर्दीनन् ।७. पूजा गरेको अवस्थामा कसैप्रति रिस प्रकट गर्ने, अरुको कुभलो होस् भन्दै पुजा गर्नेलाई पनि भगवानले ध्यान दिदैन ।

८. जो व्यक्ति नहुने दिन वा साँझको समयमा स्त्रीसँग सहवास गर्छ, दिनमा सुत्छ, त्यस्ताको घरमा देवी लक्ष्मीको बास हुँदैन ।९. छल-कपटी, चोर, खराव चरित्र भएको, अरुको धन हडप्ने मानिसको घरमा पनि लक्ष्मीको बास हुँदैन ।

यदी धन भईहाले पनि त्यस्ताको धन निरर्थक काममा लगानी हुने वा डुब्ने वा क्षेणिक समयको लागि मात्र रहन्छ ।१०. अरुको धन र पराई स्त्रीमाथि खराव नजर राख्नेलाई पनि लक्ष्मीले साथ दिन्नन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *