ऊ ठिकठाकै जस्तो देखिन्छ तर किन चुपचाप छ ?

ऊ ठिक/ठाकै जस्तो देखिन्छ,तर ऊ किन चुपचाप छ ?यसै/यसै भेटिरहने साथिहरु सगं किन भेट्न छोड्छ ?किन परिवारमा मौन/मौन जस्तो रहन्छ ?किन ऊ देखिरहने ठाउँतिर देखिदैन आजकल,।।किन खुईया…खुईया …लामो/लामो सुस्केरा हालिरहन्छ?किन दर्शनका, साहित्यका, अध्यात्मकका,जिवनका गहिरा गहिरा लाईनहरु पोस्टयाईरहन्छ ?

किन हिड्छ आफ्नै शहरमा पनिनौलो मान्छे जस्तो एक्लै एक्लै लखर/लखर?किन भागिरहन्छ ऊ आफैंसँग अरुसँग ……हँ ??अफ्ठ्यारा पश्नहरुको पनि कसरी सजिलै उत्तर दिन्छ ऊसले ?सजिला प्रश्नहरुको पनि किन उत्तरमा अकमकाउँछ ऊ ?किन हँ..र अँ.. बाहेक संवाद गर्दैन ऊ ?

के हुन निधारमा गाँठो परेका डरलाग्दा धर्साहरु ?किन देखिन्छ ऊ खडेरीमाआफ्नै आङमा खलङ्ग परेर लत्रिएको बाँसको घना जस्तो ?घरी अनिदो जस्तो घरी गहिरो निद्रा पुर्याएर आएजस्तो,घरि/जिते जस्तो घरी हारे जस्तोकिन छिन छिनमै अर्कै/अर्कै देखिन्छ ऊ ?किन परिभाषा खोज्छ,आजकल उसले कर्म र भाग्यको,?किन सोध्दैन उसले अरुको खबर किन सोध्दैनन् उसलाई अरुले तेरो खबर के छ?

यस कविताको रचना उज्जल बिबसले गर्नुभएको हो । हामीलाई नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं र उत्कृष्ट रचना पठाउने एक जनालाई पुरस्कृत गरिनेछ । लेख पठाउँदा फोटोसहित नाम र छोटो विवरण खुलाउनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *