आज असार १५ दही–चिउरा खाने दिन

आज असारको १५ गते अर्थात् खेतीपाती गर्ने महत्वपूर्ण दिनको रूपमा नेपाली समाजमा यो दिन प्रचलित छ । नेपालमा असार १५ लाई सरकारले समेत धान दिवस भनेर धान रोप्ने वा मुठी रोपेर मानो उब्जाउ गर्ने पर्वका रूपमा मनाउन अपील गरेको छ । परम्परादेखि नै असारमा खेतीबाली लगाउने, धान रोप्ने वा कुनै बिरुवा रोप्ने र कम्तीमा वर्षमा एकपटक भए पनि

हिलो छुनुपर्ने मान्यतामा असार १५ लाई नेपाली समाजमा मनाउने गरिन्छ । यही दिनलाई दही–चिउरा खाने दिन भनेर पनि बुझिन्छ ।दिनभर काम गर्ने र खाजाको रूपमा दही–चिउरा खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा प्रचलित छ ।धानलाई भिजाएर हल्का सुकाएर चिउरा तयार गर्ने मिल वा ओखलमा कुटेर मात्र चिउरा तयार गरिन्छ । यो नेपाली परम्परागत र लोकप्रिय खाद्यपदार्थ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *