ग्यास्ट्रिकले ग्रस्त हुनुभएको छ ? यस्तो छ च्वाट्टै पार्ने घरेलु औषधि ( प्रयोग विधिसहित )

अहिले अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ। मानिसहरु खान नपाएर भन्दा पनि खान नजानेर रोगी बन्ने गरेका छन् । अल्छि स्वभाव हुनु, अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मिसावट युक्त अन्न, विषादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकूल क्रियाकलापले मानिस रोगबाट ग्रसित हुने गरेका छन् ।

मसालेदार, तारेभुटेको खानले पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने गरेको छ। यसले ग्यास्ट्रिकलाई झन बढाउने गर्छ। यसका लागि हामीले यहाँ केही घरेलु विधिबारे जानकारी दिएका छौं। ज्वानो र बिरे नुन त हामी सबैको भान्छामा हुने गर्छ। यसलाई ग्यास्ट्रिकको दबाई बनाउन सकिन्छ ।

औषधी बनाउने विधि यस्तो छ:

बिरे नुनलाई धुलो हुने गरी पिसौं । ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं । ५ चम्चा ज्वानोमा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुूलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफूलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राति सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।

यो पनि पढ्नुस,ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन,हेर्नुहोस् यस्ताे छ प्रयाेग गर्ने तरिका, बिरेनुनकाे यति धेरै फाईदा र राेग निकाे बनाउन सक्ने सक्ति ,तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ।आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ ।

बिरेनुनको नियमित सेवनले बा`थ, पि`त्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ । बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ ।

खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ । बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ ।

यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ । दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ ।

यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ । दि` सा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन । त्यसैले बिरेनुन स्वास्थका लागि निकै नै फाईदाजनक रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *