भोलि देखि हुँदैछ ३ ग्रहको मिलन, साउन महिनाभरि यी ४ राशिमा रहनेछ शिबको कृपा !

भोलि देखि हुँदैछ ३ ग्रहको मिलन, साउन महिनाभरि यी ४ राशिमा रहनेछ शिबको कृपा !

नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलका अनुसार शनिबार बेलुका ६ बजेर ६ मिनेटसम्म त्रयोदशी तिथि रहेको छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ ।

चतुर्दशी तिथि आइतबार दिउँसो ३ बजेर ४४ मिनेटसम्म रहेको छ । चतुर्दशी तिथि शनिबार मध्यरातमा परेकाले आजै (शनिबार) महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शास्त्रीय वचनअनुसार फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएकाले यो पर्व कालरात्रि (बडादशैँको अष्टमीको रात), मोहरात्रि (कृष्ण जन्माष्टमीको रात), सुखरात्रि (लक्ष्मी पूजाको रात) र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइने शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।”

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रिको दिन बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन अञ्जानमै भए पनि भगवान् शिवको पूजा गरिए महापुण्य हुने विश्वास रहेको उहाँले बताउनुभयो । महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका शिवालयमा शुक्रबार रातिदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ ।

भगवान् शिवजीको मूल चिर पशुपतिनाथ, मुड (बीचभाग) भारतको उत्तराखण्डमा रहेको केदारनाथ र पाउँ बनारसमा रहेको विश्वनाथ रहेको किंवदन्तीका आधारमा पशुपतिनाथमा पूजा, आराधना, दर्शन गर्नेहरूको विशेष भीड लाग्ने उहाँले बताउनुभयो ।

यस दिन कुम्भ राशिमा तीनवटा महत्वपूर्ण ग्रह रहनेछन्। जसले त्रिग्रही योग बनाउँदैछ। यस पटक सूर्य फागुन १ गते कुम्भ राशिमा प्रवेश गरिसकेको छ, महाशिवरात्रिमा शनि, सूर्य र चन्द्रमा एउटै राशिमा हुनु निकै दुर्लभ संयोग बनिरहेको छ। यस योगमा भगवान शिवको आराधना गर्नाले शनिको साडेसाती, ढैय्याको प्रभाव हुने जनविश्वास रहेको छ। जान्नुहोस् कुन-कुन चार राशिको भाग्य र समृद्धिको कृपा प्राप्त हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – त्रिग्रही योग बन्ने भएकाले मेष राशिका व्यक्तिलाई भगवान शिवको विशेष आशीर्वाद प्राप्त दिनुहुनेछ। यदि कुनै योजना लामो समयदेखि रोकिएको छ भने, यो पूरा हुनेछ र सबै इच्छाहरू पूरा हुनेछन्। यस दिन भगवान शिवको पूजा गरी जलाभिषेक गर्नुहोस्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – वृश्चिक राशिका व्यक्तिहरूले भगवान शिवको आशीर्वाद प्राप्त हुनेछ। वृश्चिक राशिको स्वामी मंगलले यस समयामा मानसिक लाभ पनि दिनेछ। एक ऊर्जा संचार भित्र रहनेछ। यस दिन शिवलिंगमा जल चढाउँदा शुभफल प्राप्त हुन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मकर राशिको स्वामी शनि हो, त्यसैले त्रिग्रही योगले शुभ फल दिनेछ। यस समयमा मकर राशिका व्यक्तिको व्यवसाय फस्टाउँछ। फलस्वरूप, आम्दानी पनि बढ्नेछ। घरमा सुख-समृद्धि रहनेछ र परिवारका सदस्यहरूबीच सद्भाव रहनेछ। छिट्टै शुभ समाचार प्राप्त हुने प्रबल सम्भावना छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – कुम्भ राशिको स्वामी शनि देव हो, यो त्रिग्रही योगले कुम्भ राशिका व्यक्तिको आगामी दिनहरु अझ उज्यालो बनाउनेछ र इच्छित परिणाम प्रदान गर्नेछ। आफ्नो काम, शिक्षा, स्वास्थ्य र आर्थिक स्थितिमा अनुकूल परिणामको प्राप्त गर्न सक्नुहुन्छ। वैवाहिक जीवनमा आउने बाधा अन्त्य हुन्छ। महाशिवरात्रिमा भगवान शिवलाई जलाभिषेक र दान गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *