आज देखि रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला, कति दिने आबेदन ?

रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आज बुधबार (असार २७ गते) बाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खला ग्रेको हो ।

यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आइपीओ बिक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *