ज्योतिष शास्त्रका अनुसार शुक्रबारको दिन साँचो मनले लक्ष्मीको पूजा गर्ने व्यक्तिले संसारका सबै सुख प्राप्त गर्दछ । माता लक्ष्मीको आशीर्वादले व्यक्तिलाई पारिवारिक कलहबाट मुक्ति मिल्नुको साथै हरेक क्षेत्रमा प्रशस्त धन र प्रतिष्ठा प्राप्त हुन्छ। जान्नुहोस् शुक्रबारको दिन कस्तो उपाय अपनाएर माता लक्ष्मीको कृपा प्राप्त गर्न सकिन्छ।
ज्योतिष शास्त्र: शुक्रबारको दिन फलामको भाँडामा घ्यू, चिनी, पानी र दूध हालेर पीपलको रुखमुनि उभिएर त्यसको जरामा भाँडोमा रहेको जल चढाउनुहोस्। यस्तो उपाय गर्नाले सधैँ तपाईको घरमा सुख समृद्धि कायम हुनेछ । त्यस्तै यदि तपाईलाई बारम्बार धन हानिको सामना गर्नु परेको छ भने त्यसको लागि घरको मुख्य ढोकामा थोरै गंगाजल छर्केर त्यस स्थानमा दुईमुखी घिउको दियो बाल्नुहोस् ।
यसले तपाईको आर्थिक अवस्थालाई धेरै सुधार गर्छ।जसले हरेक शुक्रबार बिहान नुहाएर शुद्ध वस्त्र लगाएर श्री लक्ष्मी नारायणको जप गर्छन्। उनीहरूलाई पैसाको कहिल्यै कमी हुँदैन। साथै समाजमा पनि उनीहरुको इज्जत र सम्मान कायम रहन्छ । त्यस्तै यदि तपाइ घर तथा व्यापारिक क्षेत्रमा सधैँ माता लक्ष्मीको कृपा चाहनु हुन्छ भने शुक्रबारको दिन माता लक्ष्मीको मन्दिरमा कमलको फूल, मखना, शंख र बताशा चढाउनु धेरै फलदायी मानिन्छ।
यसबाट माता लक्ष्मी चाँडै प्रसन्न भई सुख र समृद्धिको आशीर्वाद दिनुहुन्छ।कुनै काममा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने शुक्रबार बिहान नुहाएर सेतो कपडा लगाउनुस् । त्यसपछि घरको मन्दिरमा लक्ष्मीको मूर्ति वा तस्बिरको अगाडि आसन राखेर श्री सुक्तको पाठ गर्नुहोस्। त्यसपछि माता लक्ष्मीलाई उनको प्रिय कमलको फूल चढाउनुहोस्।