नेपाल सम्वत् नेपाली माटोको सम्वत् : प्रधानमन्त्री ओली

ललितपुर, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत् नेपाली माटोको सम्वत् भएको बताउनुभएको छ ।

नेपाल सम्वत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सम्वत् कुनै आयातित सम्वत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *