संगिनी सुईले यसरी रोक्छ गर्भ

संगिनी सुईले यसरी रोक्छ गर्भ

विश्वभरीका लाखौं महिलाहरुले जन्मनान्तरको लागि प्रयोग गर्दै आएको सुरक्षित , भरपर्दो एवं प्रभावकारी परिवार नियोजनको अस्थायी साधन तीन महिने संगिनी सुई नेपालमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले औषधि पसलबाट सेवा प्रदान गर्दै आएका छन् । नेपाल सि. आर. एस कम्पनिद्धारा सन् १९९४ देखि संगिनी को नाममा विक्री वितरण गरिएको छ । संगिनी तीन महिने सुई सहि रुपमा ठीक तीन तीन महिनामा लगाउने गरेमा यसको प्रभावकारिता ९९.७ प्रतिशत छ ।

१. संगिनीले कसरी काम गर्छ ?
संगिनी तीन महिने सुई एउटै मात्र प्रोजेष्ट्रोन हर्मोनले बनेको छ । यसमा भएको प्रोजेष्ट्रोनले शरीरमा निम्न प्रकारको परिर्वतन ल्याएर गर्भ रोक्छ ।
– डिम्ब उत्पाद हुनबाट रोक्छ ।
– पाठेघरको मुखमा हुने रसलाई बाक्लो पार्दछ जसले शुक्रकीटलाई गर्भाशयमा प्रवेश गर्नबाट रोक्छ ।
– गर्भाशयको भित्री भागलाई पातलो बनाईदिन्छ, जसले गर्दा डिम्ब निसेचित भए पनि भ्रुणको विकास हुने अनुकूल वातावरणको अभावमा गर्भ रहन पाउंँदैन ।

२. संगिनी तीन महिने सुईका फाईदाहरु क के हुन ?
– यो अत्यन्त भरपर्दा साधन हो ।
– यो सजिलो साधन हो ।
– तुरुन्तै असरगर्छ ।
– गोपनियता भंग हुदैन ।
– स्तनपान गराउने आमाले पनि प्रयोग गर्न सकने ।
– ईष्ट्रोजन हर्मोन नभएकोले स्वास्थ्यको लागि कम खतरा हुन्छ ।

३.संगिनी तनि महिने सुईले जन्मान्तर बाहेक अरु केके फाईदा गर्छ ?
– महिनावरी हुदा रगत बग्न कम गराउँछ ।
– तल्लो पेट सम्बन्धी रोगको खतरा कम गराउँछ ।
– रक्त अल्पताबाट हुने रोग (एनेमिया) भएकि महिलालाई फाईदा गर्दछ ।
– पाठेघरको भित्री पत्रको क्यान्सर हुनबाट बचाउँछ ।
– डिम्ब बाहिरी नलिमा गर्भ हुनबाट बचाउछ ।

४ संगिनी तीन महिने सुुईबाट हुने साधारण असरहरु के के हुन ?
– यसले यौन रोग र अन्य एच.आई.भि बाट बचाउदैन ।
– सुई लिएको शुरु शुरुमा हल्का रगत बग्ने साथै बीच बीचमा रगत थोपाहरु देखापर्ने
– सामान्य तौल बढ्ने ।
– यो सुई लगाउन छाडे पछि पनि प्रजनन शक्ति फर्कन समय लाग्ने ।
– सुई लगाए पश्चात बढी रगत गएमा के गर्नुपर्छ ?
– संगिनी सुई लगाउन महिलाहरुमा बढी रगत गएमा आफूले सुई लगाएको ओषधि पसलमा वा नजिकको क्लिनिकमा सल्लाहको लागि जानुपर्छ।

५. संगिनीको पहिलो सुई कहिले लगाउनु पर्छ ?
– सामान्यतया महिनावरी भएको सात दिन भित्र संगिनीको पहिलो सुई लगाउनु पर्दछ साथै बच्चा जन्मिएको छ हप्ता पछि पनि लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *