धेरै चिसो पानी पिउँदा मुटुमा समस्या

    सामान्यतया गर्मीमा राहत पाउन सबैले चिसो पानी पिउने गर्छन् । राहत वा आराम दिने चिसो पानी निकै स्वादिलो लाग्ने भएकाले बालबालिकादेखि वृद्धसम्म सबैको मन पर्ने पानी मानिन्छ ।

    गर्मीमा चिसो पानी र अन्य धेरै चिसो पेय पदार्थ पिउनु पनि सामान्य कुरा हो तर यो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ । चिसो पानीले पेटमा रहेको बोसोलाई जल्नबाट बचाउने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा मोटोपन वा चाँडो तौल बढ्ने हुन सक्छ ।

    धेरैजसो मानिसलाई थाहा छ कि यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछ, तर पनि उनीहरू चिसो पानीको पिउँछन् । चिसो पानी पिउनुहोस्, तर यसका लागि केही कुरामा ध्यान दिनु पनि आवश्यक छ । आउनुहोस् तपाईँलाई कुन अवस्थामा वा कहिले चिसो पानी पिउनबाट जोगिनुपर्छ ।

    मुटुको समस्या

    धेरै अनुसन्धानहरूका अनुसार चिसो पानीले मुटुको धड्कन कम गर्छ । मुटुको चाल ढिलो हुने समस्याका कारण सास फेर्न गाह्रो हुन सक्छ। यदि कसैलाई मुटुको समस्या छ भने उसले चिसो पानी पिउनु हुँदैन ।शारीरिक अभ्यासपछि फ्रिजमा राखेको पानी पिउनुहुँदैंन

    व्यायाम वा कसरत गर्दा मुटुको धड्कन निकै बढ्छ। यससँगै शरीरको तापक्रम पनि बढ्छ । यस्तो बेला चिसो पानी पिउनाले मुटुसँग सम्बन्धित समस्या मात्र नभई शरीरको तापक्रममा पनि बाधा पुग्न सक्छ ।

    खराब पाचन

    खराब पाचन वा पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले चिसो पानी पिउनु हुँदैन। यदि कुनै कारणले पेट खराब छ भने, यो समयमा चिसो वा फ्रिजको पानीबाट टाढा रहनुहोस् । चिसो पानीले हाम्रो पाचन प्रणालीलाई सुस्त बनाउँछ । यसले एसिडिटी वा अन्य पाचन समस्या निम्त्याउन सक्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *