ब्लडप्रेसर सम्बन्धी जान्नैपर्ने यस्ता छन् १० कुराहरु

    कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसर (उच्च रक्तचाप) को समस्या अहिले धेरैको साझा भएको छ । २० देखि ३० बर्षका जवानमा पनि यो समस्याको लागि नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरका कारण मध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

    उच्च रक्तचापको जोखिममा को ?

    परिवारमा उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, मिर्गौला फेल, दृष्टिघात आदि भएका  शारीरिक तौल आवश्यक भन्दा बढी भएका

    गर्भवती महिला

    गर्भनिरोधक (परिवार नियोजनका० चक्की प्रयोग गर्दै गरेका महिला

    धुम्रपान गर्ने व्यक्ति

    उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति

    उच्च रक्तचाप भएकाले जान्नैपर्ने १० कुरा

    १. रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

    २. मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।

    ३. उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।

    ४. औषधि आफूखुसी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।

    ५. मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।

    ६. जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।

    ७. उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ ।

    ८. गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।

    ९. २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।

    १०. पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूलमा पनि पोटासियम बढी पाइन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *