सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने, शीर्ष भूमिकामा अनमोल

सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने, शीर्ष भूमिकामा अनमोल

अभिनेता अनमोल केसीले आफूले सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको बताएका थिए । अहिले आएर यो फिल्मबारे महत्वपूर्ण विकास भएको छ ।

निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । बोर्डका एक फिल्म अधिकृतले निर्देशक थापाले टाइटल दर्ता गरेको जानकारी दिए ।

स्रोतका अनुसार शिवम अधिकारीको लेखन रहेको फिल्ममा अनमोलको डबल रोल हुने जनाइएको छ । फिल्ममा आफ्नो शीर्ष भूमिका हुने जानकारी अनमोलले अनलाइनखबरलाई बताइसकेका छन् । यस्तोमा, यो फिल्मको छायांकन भदौदेखि हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *