थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी ५ कुराको सेवन !

थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ । थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ ।

महिलाहरुमा यो रोग बढि देखिन्छ । यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबडी, मुटुको धड्कन बढ्नुजस्ता समस्या देखापर्न थाल्छ ।यसको तत्काल उपचार आवश्यक छ । समयमा नै उपचार गरी यो रोगलाई नियन्त्रणमा लिन सकिन्छ । यसका साथै, यो रोग लागेपछि के खाने के नखाने भन्ने कुराको पनि विशेष ध्यान दिनुपर्छ । आज हामी तपाईंलाई थाइराइड रोगी कस्ता खानेकुरा खानुहुँदैन भन्ने बारे जानकारी दिन्छौं ।

क्याफिनःहुन त क्याफिनले थाइराइडलाई प्रत्यक्ष रुपमा बढाउँदैन तर यसले ती समस्यालाई बढाउँछ जुन थाइराइडका कारण उब्जिएको छ । उदाहरणको लागि छटपटी र अनिन्द्रा । यसकारण तपाईं क्याफेनयुक्त– कफी, चकलेटलगायतका खानेकुराबाट टाढा बस्दा नै राम्रो ।

आयोडिनयुक्त खानेकुराःथाइराइड ग्रन्थीले हाम्रो शरिरबाट आयोडिन लिएर थाइराइड हर्मोनलाई पैदा गर्ने गर्दछ । त्यसकारण यो रोग लागेकाहरुले धेरै आयोडिन भएको खानेकुरा खानु हुँदैन । समुन्द्रि खाना र आयोडिन भएको नुन नखानुहोस् ।

मद्यपानःथाइराइडका बिरामी मद्यपानबाट निकै टाढा बस्नुपर्छ । रक्सीजन्य पदार्थले शरिरको ऊर्जाको स्तरलाई प्रभावित गर्ने गर्दछ । यसले थाइराइड रोगीलाई अनिन्द्राले सताउने गर्दछ । यसका साथै यसले ओस्टियोपोरोसिसको खतरा पनि निम्त्याउँछ । यद्यपी, रक्सीजन्य पदार्थ कसैका लागि पनि राम्रो मानिँदैन । यसका कारण मोटोपना बढ्छ ।

वनस्पती घ्यूःबोलीचालीको भाषामा यसलाई डाल्डा घ्यू भनिन्छ । यो घ्यू मिठाईलगायतका विभिन्न पसलमा प्रयोग गरिन्छ । यसले नराम्रो कोलेस्ट्रोललाई नष्ट गरेर खराब कोलेस्ट्रोललाई बढाउँछ । थाइराइड बढेकाहरुले डाल्ड घ्यूको प्रयोग गरी बनाइएको खानेकुराको सेवन गरे यसले थप समस्या निम्त्याउने गर्दछ ।

रातो मासुःरातो मासुमा कोलेस्ट्रोल र स्याचुरेटेड फ्याट अत्यधिक हुने गर्दछ । यसले तीब्र रुपमा तौल बढाउने गर्दछ । थाइराइड रोगीले रातो मासु खाँदा शरिर पोल्ने समस्या निम्तिन सक्छ । रातो मासुको सट्टा तपाईं कुखुराको मासु खान सक्नुहुन्छ । कुखुराको छातीको मासुमा राम्रो प्रोटिन हुन्छ र यसले शरिरमा बोसो बढ्न दिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *