इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या

    इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या

    इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ ।
    राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् । घटनामा केही मानिस घाइते भएका छन् ।

    यही अगस्ट २० तारिखमा राष्ट्रपतिको पहिलो चरणको चुनाव हुँदैछ । राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका ८ जनामध्ये फर्नान्डो एक थिए ।
    वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी कारबाहीमा ल्याउने बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *