राम्रो निद्राका लागि के गर्ने ?

राम्रो निद्राका लागि के गर्ने ?

निद्रा हाम्रो स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण र आवश्यक मानिन्छ। पर्याप्त निद्रा पुग्दा मस्तिष्क र शरीरले राम्रोसँग काम गर्छ। तर आजकल अधिकाँश मानिसलाई निद्रा नलाग्ने समस्या हुन्छ । अनिद्राले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ।

स्वस्थ व्यक्तिका लागि एक दिनमा कम्तीमा ७ घण्टा सुत्नु जरुरी हुन्छ। ब्यस्त जीवन शैली र खानपानमा ध्यान नदिनेकारण मानिसहरुलाई निद्रा नलाग्ने समस्या हुन्छ । निद्राको कमीले गम्भीर रोगहरूको जोखिममा समेत पार्न सक्छ । सुत्नु अघिका केही कार्यहरुले हाम्रो व्यवहारमा लागु ग¥यौं भने हाम्रो जीवन स्वास्थ्य हुन्छ । राम्रो निद्राका लागि आवश्यक केही उपाय उल्लेख गरिएको छ।

१- सुत्ने र उठ्ने समय फिक्स गर्ने ।
२- पसिना निकालेर सुत्न जाने सुत्नु अघि शरीर थाकेको छ भने निद्रा सहजै लाग्छ ।
३- विधुतीय उपकरणहरु बन्द गर्ने ।
४- सुत्ने समयमा मदिरा वा चुरोटको सेवन नगर्ने
५- सुत्नु अघि तातो पानीले नुहाँउदा निद्रा सहज हुन्छ ।
६- सुत्नुअघि कफी सेवन नगर्नु ।
७- सजिलो हुने गरी सुत्ने।

८- निद्राको बारेमा नसोँच्न ।
९- सुत्नु भन्दा दुई घण्टा अघि खाना खानुपर्छ ।
१०- शान्त वातावरण
११- दिउँसो सुत्ने बानि नगर्ने ।
१२- सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ ।
१३- सुत्नुअघि फोन प्रयोग नर्गने ।
१४- थकित हुँदा मात्र ओछ्यानमा जाने ।
१५- खानपानमा ध्यान दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *