भावना मगर, साउन २६ अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षा क्षेत्रको सुधारको लागि आफु निरन्तर रुपमा लाग्ने बताएका छन् ।अर्घाखाँचीको छत्रदेब गाँउपालिका वडा नं. ५ मा रहेको सार्वजनिक माध्यमिक विधालयको अनुगमन गदै मन्त्री गुप्ताले शिक्षा विना मुलुकको विकास नहुने बताए ।
उनले शिक्षा क्षेत्रको सुधारको लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगेर राय सुझाब लिने बताएका छन् ।
मन्त्री गुप्ताले गुणस्तरीय शिक्षाको नाममा गाँउबाट शहर केन्द्रित बसाईसराई व्यापक रुपमा बढेकोले गुणस्तरीय शिक्षा अब गाँउमा दिएर दक्ष जनशक्ति उत्पादन गनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा विधालयका प्रधानाध्यापक प्रेमनारायण पाण्डेले आबश्यकता अनुसार विधालयमा भौतिक संरचना नभएको बताए । कार्यक्रममा गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण प्रोख्रेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक प्रकाशचन्द्र बन्जाडेले गरेका हुन् ।