के गर्भावस्थाको बेला दोस्रो पटक पनि बस्न सक्छ गर्भ ?

    के गर्भावस्थाको बेला दोस्रो पटक पनि बस्न सक्छ गर्भ ?

    के कुनै महिला गर्भवती हुँदा हुँदै फेरि भ्रुण ग्रहण गर्न सक्छ ? यदि तपाईंले गर्भावस्थाको केही हप्तापछि भ्रुण गर्भाशयमा पुनः प्रत्यारोपण गर्ने कुरा आयो भने तपाईंको प्रतिक्रिया के हुन्छ ? मेडिकल भाषामा यसलाई सुपर फिटनेस प्रेगनेन्सी या डबल प्रेग्नेन्सी पनि भन्ने गरिन्छ ।

    सुपर फेटेसन प्रेग्नेन्सी के हो ?
    सुपरफेटेशन गर्भावस्थामा महिला गर्भवती भए तापनि फेरि गर्भधारण गर्न सक्छिन् । वास्तवमा, धेरै पटक गर्भवती भैसकेपछि पनि गर्भमा अण्ड वा शुक्राणुद्वारा निषेचित गरिन्छ । यो गर्भावस्थाको पहिलो केही हप्तामा हुन सक्छ । विशेषज्ञका अनुसार दोस्रो गर्भावस्थामा समस्या पैदा गर्न सक्छ । धेरै मामिलामा नवजात शिशु पनि कुपोषित हुन सक्छन् ।

    जुम्ल्याहा होइन सुपरफेटेसन

    जुम्ल्याहा बच्चा हुनु र सुपर फेटेसनको अवस्था दुई फरक परिस्थितिहरु हुन् । जब एक महिलाले एक पटकमा १ देखि ३ वटा भ्रुण धारण गर्छिन्, त्यसलाई जुम्ल्याहा गर्भावस्था भनिन्छ । जबकि सुपरफेटेशनमा महिला एक बच्चा जन्माएपछि केही हप्तापछि फेरि गर्भवती हुन्छिन् । सुपर फेटेसनको मामला प्रायः माछा, गोही जस्ता प्रजातिहरुमा हुन्छ । मानिसहरुमा यसको सम्भावना धेरै कम छ ।

    के दुवै बच्चाहरु एकै समयमा जन्मिन्छन् ?

    भ्रूण विभिन्न समयमा प्रत्यारोपण गरिए पनि डेलिभरी एकै समयमा हुन्छ । यदि भ्रूणको गर्भधारणमा धेरै समय फरक प¥यो भने बच्चा जन्माउने समयमा जोखिम बढी हुन्छ । अर्काे भ्रूण डेलिभरी ३७ सप्ताहभन्दा पहिले भयो भने बच्चा कुपोषित हुन सक्छ ।

    किन सुपर फेटेसनलाई अद्वितीय मानिन्छ ?

    वास्तवमा जब एक महिला गर्भवती हुन्छिन्, तब शरीरको प्रजनन हार्मोनहरु पूरा तरिकाले काम गर्न बन्द गर्छ । जसको कारणले अण्ड काम गर्न असक्षम हुन्छ । त्यसकारण पनि सुपरफेटेसनलाई अनौंठो घटना मानिन्छ ।

    कुन महिलामा यस्तोको अधिक सम्भावना हुन्छ ?

    विशेषज्ञका अनुसार आईभीएफ, प्रजनन उपचार वा हार्मोनको उपचार गर्ने महिलाहरुमा सुपरफेटेशनको सम्भावना बढी हुन्छ । किनभने उनीहरुको अण्डाशय पहिले नै बच्चाको लागि तयार भइसकेको हुन्छ । त्यस्तै, गर्भावस्थाको समयमा यौन सम्बन्ध राख्दा पनि फेटेसनको समस्या बढ्न जान्छ ।

    सुपरफेटेसनका जटिलताहरु

    – बच्चा जन्मेपछि सास फेर्न समस्या

    – नवजातमा कम तौलको समस्या

    – बच्चालाई खाना खुवाउन कठिनाई हुनु

    – मस्तिष्कमा रक्तस्राव हुनु

    – अविकसित फोक्सोको कारणले सास फेर्ने समस्या हुनु

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *