अब युट्युब मनिटाइज हुन ५०० सब्स्क्राइबर भए पुग्ने

युट्युबले पार्टनर प्रोग्राम (वाईपीपी)अन्तर्गत मनिटाइज गर्ने प्रक्रिया झनै सहज बनाएको छ ।गुगलको स्वामित्वमा रहेको कम्पनीले पार्टनर प्रोग्रामका लागि अर्थात् च्यानल मनिटाइज गरेर आम्दानी गर्नका लागि चाहिने नयाँ प्रावधान सार्वजनिक गरेको हो । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ ।

कम्पनीले साना क्रिएटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ ।अब नयाँ नियमअनुसार च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यस अघि युटट्युव मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो । यति मात्र होइन च्यानलको वाच आवर पनि घटेको छ ।

पहिले ४००० भएकोमा अहिले घटाएर ३००० मात्र बनाइएको छ । यसका साथै च्यानलको वाच आवर (भिडिओ हेरेको समय) पनि ४ हजारबाट घटाएर ३००० बनाइएको छ । साथै शर्टस भ्युजको हकमा पनि एक करोड भ्युजबाट ३० लाखमा झारिएको छ । यसले साना क्रियटरलाई आफ्नो च्यानल मनिटाइज गर्नका लागि सहज हुने कम्पनीको विश्वास छ ।यो नियम सुरुमा अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ । त्यसपछि अन्य देशमा पनि लागू हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *