सदन हाइज्याक भयो : रवि लामिछाने

    सदन हाइज्याक भयो : रवि लामिछाने

    नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ ।
    नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए ।

    उनले सदन हाइज्याक भएको आरोप लगाए । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन,’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भने, ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।’

    आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताए ।

    ‘संसदीय मुल्य मान्यता सिद्धान्तमा अडिग रहेर आएको हामीजस्तो नयाँ राजनीतिक दलका लागि यो दुखद विषय भयो,’ लामिछानेले भने, ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *