हजुरहरुलाई ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ यसको अचूक औषधि र कपुरकाे प्याेग बाट अरु पनि विभिन्न राेगहरुलाई निकाे बनाउन सकिन्छ । खासमा कपुरको प्रयोग हामीहरुले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।
साथै एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुईदुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ र यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ र दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । कपुरका यस्ता छन् अरु विभिन्न फाईदाहरु:-
क) पुरानो खोकीमा: सूठो,पिप्ला र मरिच एकएक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एकएक गोली दिनमा खिनमा तीन चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ । ख) खोकी लागेमा: साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । ग) आउँ बाथ भएमा दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने गरेमा जीर्ण,आउँ,बाथ सबै ठीक हुन्छ ।
घ) पुरानो बाथ लागेमा: एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ । ङ) निद्रा नलाग्नेमा,मुर्छा पर्ने रोग लागेमा: फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।