सरकारले छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्‍यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ किलोमा झरेको दाबी गर्नुभएकाे छ ।

आज बुधवार काठमाण्डाैमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै एक क्विन्टलभन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको आरोप लगाउनुभएको हो । उहाँले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो तर अहिले एअरपोर्टबाटै सुन बगिरहेको टिप्पणीसमेत गर्नुभएको छ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । तर यही मङ्गलवार गालेर जोख्दा ६० केजी ७१६ केजी भएको छ ।

सुन तस्करीकाे विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन हप्तादेखि सङ्घीय संसद् चल्न दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *