अर्घाखाँचीमा सम्बन्ध बिच्छेदका २ सय ७३ मुद्दा दर्ता

अर्घाखाँचीमा सम्बन्ध बिच्छेदका २ सय ७३ मुद्दा दर्ता

जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक २०७९/८० सम्बन्ध बिच्छेदका २सय ७३ मुद्दा दर्ता भएका छन ।जसमध्ये १ सय ५९ मुद्दा फैसला भएको कार्यालयका सुचना अधिकारी टेकराज गैरेले बताए।अब १ सय १४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ ।
यस अघि अधिकामश महिलाहरु सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि सम्बन्धको लागि आउने गरेको छन । आर्थिक वर्ष २०७९/०८० मा पुरुषले मात्र ५५ मुद्दा दर्ता गराएको उनले बताए । यस्तै जिल्ला अदालतमा लक्ष्य भन्दा कम मुद्दा फैसला भएका छन ।

आर्थिक २०७८/७९ मा जिम्मेवारी आएका १ सय २६ थान मुद्दा र २०७९/८०मा ४सय १ गरि कुल ५ सय २७ मुद्दा दर्ता भएकोमा ३ सय १८ थान अर्थात ६५ प्रतिसत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखिएकोमा २ सय ५१ थान अर्थात ४७.६३ प्रतिसत मात्र मुद्दा फैसला भएको सुचना अधिकारी गैरेले बताए ।

पुर्व न्यायाधीश श्रीकृष्ण भट्टराई घर विदालिए पछि असार ११ गतेदेखि राजिनामा दिएको सयममा न्यायाशीश नतोक्दा मुद्दा फर्छ्यौटमा कमी आएको जिल्ला अदालत अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *