आज नाग पंचमी, यसरी गर्नुहोस् बिधिपूर्बक नाग देबको पुजा !

साउन महिनाको श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ। एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ। भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउँछ।आज भदौ ४ गते नाग पंचमी,यो वर्ष नाग पञ्चमी सोमबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन छ ।

यसरी गर्नुस् नागको पुजा :

– बिहान नुहाएपछि घरको ढोकामा पूजाको स्थानमा गोबरले सर्प बनाउनुहोस् ।
– मनमा ब्रतको संकल्प लिनुहोस् ।
– नाग देवताको आह्वान गर्नुस र नागलाई बस्नका लागि आसन दिनुस् ।

– त्यसपछि पानी, फूल र चन्दनको अर्घ दिनुस् ।
– दूध, दही, घिउ, मह र चिनीको पञ्चमृत बनाएर नाग प्रतिमाको स्नान गर्नुस् ।
– यसपछि मुर्तिमा चन्दन, सुगन्धित पानी मूर्तिमा चढाउनु पर्छ ।

– लड्डु र मालपुआको भोग लगाउनुहोस् ।
– त्यसपछि सौभाग्य सूत्र, चन्दन, हरिद्रा, चूर्ण, अबिर, सिन्दुर, बेलपत्र, आभूषण, फूल माला, सौभाग्य द्रव्य, धूप– दीप, फलफूल र पानको पत्ता चढाएपछि आरती गर्नुस् ।

– यो विश्वास गरिन्छ कि नागदेवताका लागि सुगन्धित बस्तुहरु अति मन पर्दछ । त्यसकारण नाग पञ्चिमीकाका दिन सुगन्धित फूल र चन्दनको साथ नाग देवको पूजा गर्नुपर्दछ ।
– नाग पंचमीको पूजाको मन्त्र ‘ऊँ कुरुकुल्ये हुं फट स्वाहा” पढ्नु होला ।
– नाग देवताको फोटो वा मूर्तिको पूजा गरेपछि खानेकुरा ग्रहण गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *