एकैदिन २७.८६ प्रतिशतले बढ्यो प्याजको मूल्य

भारतीय सुकेको प्याजको मूल्य वृद्धि भएको छ । भारतीय प्याजको भाउ एकैदिन २७.८६ प्रतिशतले बढेको हो ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबारका लागि भारतीय प्याजको भाउ प्रतिकेजी औसत मूल्य ७८ रुपैयाँ कायम भएको छ । तर, अघिल्लो दिन प्रतिकेजी औसत मूल्य ६१ रुपैयाँ रहेको थियो ।भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको छ । सो निणयसंगै कालिमाटी फलफुल तथा

तरकारी बजारमा प्याजको मूल्य वृद्धि भएको हो । सोमबारका लागि भारतीय प्याजको मूल्य अधिकतम ८० रुपैयाँ तोकिएको छ ।भारतले गत शनिवारदेखि लागु हुनेगरि प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको हो । भारतमा प्याजको मूल्य अत्यधिक महँगो भएपछि भारतले मूल्य घटाउने तथा सहजै प्याज उपलब्ध हुने व्यवस्था गर्न निर्यातमा कर लगाउने निर्णय गरेको थियो । प्याज निर्यातमा लगाइएको कर आगामी डिसेम्बर ३१ सम्म लागु हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *