भदौ ७ र ८ गते सार्वजनिक बिदा !

    सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    सुदुरपश्चिममा आज भदौ ७ गते गौरा पर्वको मुख्य दिन हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । प्रदेश बाहिर र विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाउँदैछन् ।

    भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा ९पाँच प्रकारका अन्न० भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *