कुन-अवस्थामा आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने ?

    कुन-अवस्थामा आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्ने ?

    इकोन आकस्मिक गर्भनिरोधका लागि प्रयोग गरिने चक्की हो। कुनै कारणवश गर्भनिरोधको सुरक्षा उपाय अपनाउन नसकिएको स्थितिमा आकस्मिक गर्भनिरोध उपाय अवलम्बन गर्न सकिन्छ ।

    यसमा प्रयोग गरिने औषधी र अन्य गर्भनिरोधका खाने चक्कीमा प्रयोग गरिने हार्मोन उस्तै भए पनि यसलाई प्रयोग गर्ने तरिका भने फरक छ । यौन सम्पर्क भएको जतिसक्यो चाँडो यसको पहिलो मात्रा खानुपर्छ।

    पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५ दिनभित्र) खाइसक्नुपर्छ । अर्को मात्रा पहिलो मात्रा खाएको १२ घण्टामा खानुपर्छ । यसरी १२ घण्टाको फरकमा दुई पटक औषधी खाए पुग्छ ।

    त्यसैले दोश्रो मात्रा लिन सजिलो समयका बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ । यस्ता आकस्मिक गर्भनिरोधका चक्कीको प्रभावकारीता यस्तै ७५ देखि ८९ प्रतिशत हुन्छ । यौन सम्पर्कपछि कति चाँडो यो औषधी खाइएको छ, महिनावारी कुन अवस्थामा छ तथा कस्तो प्रकारको औषधी खाइएको छ भन्ने कुरामा धेरै कुरा भर पर्छ।

    औषधी जति चाँडो खाइयो त्यति नै प्रभावकारी हुन्छ। आकस्मिक गर्भनिरोधको साधन यदि २४ घण्टा भित्र खाइए यस्तै ९५ प्रतिशत प्रभावाकारी हुन्छ भने २५ देखि ४८ घण्टामा खाँदा ८५ प्रतिशत र त्यसपछि खाँदा त्यसको प्रभावकारिता अझ कम हुँदै जान्छ।

    यो आकस्मिक उपायलाई नियमित रूपमा वा बारम्बार प्रयोग गर्न थालियो भने यसको प्रभावकारिता अझ कम भएर जान्छ, अर्थात् गर्भ रहन सक्ने सम्भावना बढ्छ । गर्भ रहे–नरहेको पक्का हुन समयमै महिनावारी नभए पिसाब परिक्षण गराउनुपर्छ पर्छ

    अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने वा अन्य अप्ठयारो स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधन प्रयोग गर्नु बुद्धिमानी हुन्छ । गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका नकारात्मक असर नगण्य छन् ।

    नियमित रूपमा यौन सम्पर्क हुने स्थिति छ भने मिल्दो गर्भनिरोधको साधन प्रयोग गर्न सक्नुहुन्छ । उपयुक्त साधन छनौटका लागि परिवार नियोजनका सेवा केन्द्र वा स्वास्थ्य केन्द्रबाट उचित परामर्स पनि लिनि सकिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *