यस्ता लक्षण देखिए हुनसक्छ घाँटीको क्यान्सर नगर्नुहोस् , यी व्यक्तिलाई बढी खतरा

यस्ता लक्षण देखिए हुनसक्छ घाँटीको क्यान्सर नगर्नुहोस् , यी व्यक्तिलाई बढी खतरा

घाँटीको क्यान्सर भन्नाले खाना खाने नलीको क्यान्सर,फोक्सोभन्दा माथि आवाज आउने ठाउँको क्यान्सर र बाहिरी भागमा हुने थाइरोकल्याण्डको क्यान्सर र कहिलेकाहीँ थुक ग्रन्थीहरूमा सुन्निएर हुने क्यान्सरलाई बुझिन्छ। अझै सजिलो तरिकाले बुझ्नका लागि मुखबाट सुरू भएर खाना खाने नली हुँदै तल पेटसम्म जोडिएको इसुफेगसको माथिल्लो भागसम्म हुने रोग घाँटीको क्यान्सरमा पर्छ।

जुन दुई किसिमका छन्: अतिकण्ठिए (फारिन्जेल) र कण्ठिए (ल्यारिन्जेल) अतिकण्ठिए क्यान्सर कण्ठबाट विकास हुँदै जान्छ। जुन मुखको पछाडिपट्टी र नाकको प्वालको भित्रपट्टी हुन्छ। कण्ठिए क्यान्सर मानसिको आवाज बक्स र कण्ठबाट विकास हुन्छ। जुन स्वासनलीको माथिल्लो भागमा बल्बको आकारमा रहेको हुन्छ। घाँटी क्यान्सरका लक्षण: लगातार घाँटी दुख्नु घाँटी क्यान्सरको अति सामान्य लक्षण हो। घाँटीमा क्यान्सर हुन लागेको छ भने अधिकांशलाई निल्ने समयमा अत्यन्तै दुखाइ हुन्छ। साथै खानेकुरा घाँटीमै बसिरहेको जस्तो अनुभव हुन्छ। शब्द उच्चारण गर्न समेत कठिन भई आवाज सानो र धोत्रो हुँदै जान्छ। साथै, घाँटी सुन्निदैं जानु, घाँटीमा डल्लो देखापर्नु, असमान्य रुपले तौल घट्नु, जिब्रो चलाउँन गाह्रो हुनु, मुख खोल्दा अप्ठ्यारो हुनु, मुख भित्र लगातर सेतो घाउ आउनु, खकारमा रगत देखिनु, नाकबाट रगत बग्ने तथा टाउको दुख्ने लगायतका समस्या देखिन्छ।

घाँटी क्यान्सरका यस्ता लक्षण देखापरेमा तुरुन्त चिकित्सलाई देखाइहाल्नु पर्छ:- कसरी हुन्छ घाँटी क्यान्सर ? अमेरिकाको मेमोरियल स्लोअन किटरिङ क्यान्सर सेन्टरकाअनुसार घाँटी क्यान्सरको खतरा हुने मुख्य कारण लागूपदार्थको अत्यधिक प्रयोग, मद्यपान तथा धुम्रपानको सेवन हुन्। त्यस्तै, पोषण तत्वको कमी भएमा, विशेषगरी फलफूल र तरकारीहरूको कमी र प्रशोधन गरिएको मासुको अत्याधिक सेवन गरेमा घाँटी क्यान्सर हुनसक्छ । दाँतको सरसफाई नगर्ने, कोइलाको धूलोको जोखिममा रहेका, वंशमा कसैलाई भएमा पनि घाँटी क्यान्सर हुनसक्छ।त्यस्तै,इप्सिटाइन बार भाइरसको जोखिम र हुमन प्यापिलोमाभाइरस इन्फेक्सन आदि पनि घाँटी क्यान्सरका कारण हुन्। कस्ता व्यक्तिलाई बढी खतरा: क्यान्सर सेन्टरकाअनुसार ६५ वर्ष उमेरमाथिका जुनसुकै व्यक्तिलाई घाँटी क्यान्सर हुने हुन्छ। त्यसमा पनि सबैभन्दा बढी पुरुषलाई हुने गर्छ। यदि उल्लेखित कुनै लक्षणको अनुभव तीन हप्ताभन्दा बढी भएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ। अहिले नेपालमै पनि विभिन्न उपकरणमार्फत घाँटी क्यान्सरको परीक्षण तथा उपचार हुने गरेको छ। त्यस्ता लक्षण देखिएका व्यक्तिको रिर्पोट ‘पोजेटिभ’ देखिएमा कुन ‘स्टेज’को क्यान्सर हो थाहा हुन्छ।

घाँटी क्यान्सरका पाँच ‘स्टेज’ हुन्छन्: स्टेज जेरो: घाँटीमा असामान्य कोषिकाहरु देखापर्नु, स्टेज वान: घाँटीमा दुई वा सो भन्दा साना सेन्टिमिटरको ट्युमर देखापर्नु, स्टेज टु: ट्युमर २ देखि ४ सेन्टिमिटरसम्म हुनु, स्टेज थ्री: ट्युमर बढेर चार सेन्टिमिटरभन्दा बढी हुनु, स्टेज फो: पूर्ण रुपमा क्यान्सर भएर घाँटीका सबै भागतिर फैलिनु जुन शरीरका अन्य तन्तु वा अंगमा पनि फैलन सक्छ। घाँटी क्यान्सर एकदमै विरलै देखिने क्यान्सर हो। यसको रोकथाम क्यान्सरको स्टेजको आधारमा हुन्छ। पहिलो चरणमै थाहा भएमा क्यान्सर वृद्धि हुने खतराबाट कम गर्न सकिन्छ। जसलाई स्वस्थ खानेकुरा, धुम्रपान तथा मद्यपान सेवनलाई छोडेर रोकथाम गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *